कामका खोजीमा बिहानैदेखि मजदुरको भिड | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

कामका खोजीमा बिहानैदेखि मजदुरको भिड

majdur

जागेश्वर थारु
बाँके, १० असार
। बाँकेको नेपालगन्ज त्रिभुवन चौकमा प्रत्येक दिन मजदुरहरुको भिड लाग्ने गरेको छ । कामका खोजीका लागि बिहानैदेखि मजदुरहरुको भिड लाग्ने गरेको हो ।

बाँकेको त्रिभुवन चौकमा प्रत्येक दिन मेला जस्तै मजदुरहरुको भिड लाग्ने गरेको छ । ठेकेदारले काममा लैजाने आशामा बिहानै मजदुरहरु चौकमा पुग्ने गरेका छन् । तर, कहिले काम पाउने र कहिले खाली बस्नुपर्ने बाध्यत रहेको मजदुरहरुको गुनासो छ ।

काम पाएपनि उचित पारिश्रमिक नपाउँदा घरखर्च चलाउन कठिन भएको मजदुरहरुको भनाइ छ । श्रमको उचित मूल्य नहुँदा मजदुरहरु मारमा परेका हुन् । उनीहरुले काम अनुसारको ज्याला उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);