प्रधानमन्त्री ओलीको टोली ल्हासामा | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

प्रधानमन्त्री ओलीको टोली ल्हासामा

काठमाडाैं, ९ असार । प्रधानमन्त्री ओली छ दिने भ्रमण पूरा गरी भोलि स्वदेश फर्कदै छन् । ओली नेतृत्वको नेपाली टोली अहिले ल्हासामा छ । ओलीले ल्हासामा तिब्बत सरकारका अध्यक्ष छिटालासँग भेटवार्ता गरेका छन्

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिपूर्ण भएको दाबी गरेका छन् । परराष्ट्रमन्त्री ज्ञवालीले सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा प्रधानमन्त्रीले अगाडि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारालाई साकार पार्न चीनको सदा साथ रहने बलियो विश्वास चिनियाँ नेतृत्वले प्रकट गरेको भन्दै भ्रमण उपलब्धिपूर्ण भएको दाबी गरे ।

उनले नेपालले सबैभन्दा बढी प्राथमिकतामा राखेको ट्रान्सहिमालयन बहुआयामिक यातायात सञ्जाल प्रति चीनले सहयोग गर्ने विश्वसनीय प्रतिबद्धता व्यक्त गर्नु उपलब्धिमूलक भएको बताए । मन्त्री ज्ञवालीले चीनले नेपालले प्राथमिकतामा राखेको योजनामा साथ र सहयोग दिने विश्वसनीय आधार दिएको भन्दै भ्रमणबाट सरकार सन्तुष्ट रहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);