तेजना पण्डित
काठमाडौँ, ९ असार । सरकारले आगार्मी आर्थिक बर्षको बजेट भाषणमा मुद्रास्फीतीदर ६ दशमलव ५ प्रतिशतमा सिमति गर्ने जनाएको थियो । तर, बजेट कार्यान्वयन नुहँदै खाद्य बस्तुमा १५ देखि २० प्रतिशतसम्म मूल्यबृद्धि भएको छ । यसले सरकारको लक्षमा चुनौति बढाएको छ ।
आगामी आर्थिक बर्षको बजेट आएको भोलीपल्ट देखी नै बजारमा खाद्यबस्तुको मुल्यबृद्धि भइरहेको छ । दैनिक उपभोग्य खाद्यवस्तु चामल, दाल, तेल लगायतका बस्तुमा १५ देखि २० प्रतिशतसम्म मूल्यबृद्धि भएको छ ।
तेलमा प्रतिकार्टुन २०० रुपैयाँ, चामलमा २५ केजीको प्याकमा सयदेखी एकसय ५० रुपैयाँ, दालमा प्रतिकेजी पाँच देखी दश रुपैयाँ बृद्धि भएको छ । भने, अन्य खाद्य बस्तुमा पनि पहिलेको तुलनामा बृद्धि भएको व्यापारीहरुको भनाइ छ ।
सर्वसाधारणहरु पनि विगतका वर्षमा भन्दा यसपटक अत्याधिक मूल्य बृद्धि भएको बताउँछन् । मूल्यबृद्धिको कारण विपन्न परिवार मर्कामा परेको भन्दै राहतका लागि रासन कार्डको व्यवस्था गर्नुपर्ने उनीहरुको भनाइ छ ।
ब्यापारीहरुले मनोमानी मूल्यबृद्धि गर्दा पनि सरकोकारवाला निकाय भने मौन बसेको उपभोक्ता अधिकारकर्मीहरुको भनाइ छ । उनीहरुले सरकारकै मिलेमतोमा मूल्यबृद्धि भएको आरोपसमेत लागाएका छन् ।
बाणिज्य तथा आपूर्ति व्यवस्था विभागले भने उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रबैंक, विभागको संयुक्त कार्यदल बनाई के–कती मुल्य बृद्धि भएको छ भनी विष्लेशण गरिरहेको र रिपोर्ट आएपछि बढी मूल्य लिने ब्यापारीलाई कार्बाही गर्ने जनाएको छ ।