काठमाडौँ, भदौ ३ ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका रणनीतिक सल्लाहकार समूहका प्रमुख स्टिभ ब्यानन बर्खास्त हुनुभएको छ ।
ह्वाइट हाउसका प्रेस सचिव सारा हकबी सान्डर्सले ब्यानन बर्खास्त भएको पुष्टि गर्नुभएको छ । ह्वाइट हाउसका चिफ अफ स्टाफ जोन केलीले ब्याननको पदको समीक्षा गरेपश्चात उहाँ बर्खास्त हुनुभएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पका महत्वपूर्ण सहयोगीका रुपमा रहँदै आएका ब्याननले चुनावी अभियानका क्रममा अमेरिका फस्र्ट स्लोगन तयार पार्नुभएको थियो ।
चुनावी अभियानमा ट्रम्पको सहयोगी रहेका ब्याननले ट्रम्पका पछिल्ला केही नियुक्तिप्रति असन्तुष्टि जनाउँदै आउनुभएको थियो ।