काठमाडौं, ९ असार । हिमाल आरोही कामाछिरिङ शेर्पाले हिमाल आरोहणका क्रममा ज्यान गुमाएका आराहीको तथ्यांकलाई समावेश गर्दै वृत्तचित्र सार्वजनिक गरेका छन् ।
शेर्पाले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आरोही शेर्पाहरुको जीवनीमा आधारित वृत्तचित्र सार्वजनिक गरेका हुन् । वृत्तचित्रमा समग्र पर्यटन क्षेत्रमा देखिएका बेथितीलाईसमेत समावेश गरिएको छ ।
कार्यक्रममा हिमाल आरोही शेर्पाले आरोहीका आश्रित परिवारलाई राज्यले शिक्षा र स्वास्थ्यमा विशेष सहयोग गर्नुपर्ने, वृद्ध आरोहीलाई सामाजिक सुरक्षाको व्यवस्था गरिदिनुपर्ने, पर्यटकको उचित सुरक्षा गर्नुपर्ने माग गरे ।
कार्यक्रमका सहभागीहरुले नेपालका हिमाललाई विश्वमा चिनाउन राज्यले नै पहल गर्नुपर्नेमा जोड दिए ।