चिडियाखाना अगाडि कार्यक्रम गर्न रोक | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

चिडियाखाना अगाडि कार्यक्रम गर्न रोक

zoo

ललितपुर,  ९ असार ।  ललितपुर महानगरपालिकाले चिडियाखाना अगाडिको जाउलाखेल मैदानमा कुनै पनि प्रकारका सांगीतिक कार्यक्रमलगायत ध्वनी प्रदुषण हुने खालका गतिविधि गर्न रोक लगाएको छ ।

सदर चिडियाखानमा राखिएका वन्यजन्तु तथा चराचुरुंगीलाई ध्वनी प्रदुषणले गम्भीर असर पु¥याएको गुनासो बढेपछि यस्तो निर्णय गरेको महानगर प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए ।

महर्जनको भने, ‘यो निर्णय गर्नुभन्दा पहिला वातावरण तथा वन्यजन्तुविज्ञ, सदर चिडियाखानासँग छलफल गरिएको हो ।’ ‘विभिन्न खालका कन्सर्ट, ज्याजलगायतका हेभी म्युजिकले आसपासका बासिन्दा र वन्यजन्तु तथा चराचुरुंगीलाई समेत असर गरेकाले अब देखि यो मैदानमा ध्वनी प्रदुषण हुने खालका कार्यक्रम गर्न नपाउने निर्णय गरिएको हो’, महर्जनले भने ।

नेपालको संविधान धारा ३० (२) र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सूचना जारी गरिएको महानगरले जनाएको छ ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);