ल्हासामा ओली | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

ल्हासामा ओली

lhasa ma oli

एजेन्सी, ९ असार । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङबाट शुक्रबार ल्हासा पुगेका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डललाई तिब्बत सरकारका उपमन्त्री लिउ ज्याङले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीले ल्हासामा नेपाली समुदायसँग अन्तर्कृया गर्नुका साथै पोताला दरबार र जोखाङ मन्दिर अवलोकन तथा कृषि परियोजना निरीक्षणलगायत कार्यक्रममा सरिक हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । चीनको राजधानी बेइजिङमा बिहीबार द्विपक्षीय हित र चासोका विभिन्न सम्झौतापछि प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल ल्हासा पुगेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);