३८ क्विन्टल सुन तस्करी प्रकरण: ९ अभियुक्तले गुहारे उच्च अदालत | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

३८ क्विन्टल सुन तस्करी प्रकरण: ९ अभियुक्तले गुहारे उच्च अदालत

gold

विराटनगर, ९ असार । ३८ क्विन्टल सुन तस्करी र उर्लाबारीका सनम शाक्यको हत्या मुद्दामा चार जना प्रहरी अधिकारीसहित ९ जना अभियुक्तले जिल्ला अदालत मोरङको आदेशविरुद्ध १७ नम्बरका लागि निवेदन दर्ता गरेका छन् । उच्च अदालत विराटनगरमा दायर भएको निवेदनमा मोरङ अदालतले गरेको आदेशको चित्त नबुझेपछि सादा तारिकमा छाड्न माग राख्दै उनीहरुले उच्च अदालतको १७ नम्बरका लागि निवेदन दर्ता गरेका हुन् ।

यसरी १७ नम्बर गर्नेमा पूर्व डीआईजी गोविन्द निरौला, निलम्बन एसएसपी दिवश लोहनी, एसपी विकासराज खनाल, डीएसपी सञ्जयकुमार राउत रहेका छन् । त्यस्तै हेमन्त गौतम, राजन थापा, पुण्यप्रसाद लामा, भुजुङ गुरुङ र सम्बीरप्रसाद तोलाङ्गेले पनि १७ नम्बरका लागि निवेदन दर्ता गरेका छन् । अदालतको आदेशविरुद्ध अभियुक्तहरुले १७ नम्बरका लागि निवेदन दर्ता गराएपछि जिल्ला अदालत मोरङले उच्च अदालत विराटनगरलाई कैफियत प्रतिवेदन पठाएको छ ।

कैफियत प्रतिवदेनमा अभियुक्तहरुले दिएको बयान, घटना मुचुल्का, अदालतको आदेश रहनेछ । मुद्दाको सम्पूर्ण कैफियत प्रतिवेदनमा उच्च अदालतमा बुझाएपछि अदालतले पेसी तोक्ने छ । उच्च अदालतमा प्रत्येक हप्ताको बिहीबार मात्र पेसी हुने भएकाले १७ नम्बरमा निवेदन परेका अभियुक्तको हकमा पनि आउँदो बिहीबार बहस हुने सक्ने एक जना कानुन व्यवसायीले बताए ।

उच्च अदालतमा हुने बहसका लागि वादीको तर्फबाट उच्च अदालत विराटनगरका सहन्यायाधिवक्ता चिरञ्जीवी पराजुलीले बहस गर्ने बताइएको छ । वादी र प्रतिवादीको कानुन व्यवसायीहरुले बहस सुनेपछि न्यायाधीशले जिल्ला अदालतले गरेको आदेश हेरी प्रमाणको मूल्याकन गर्दा प्रतिवादी कसुरदार नदेखिएमा साधारण तारिख वा धरौटीमा छाड्न सक्ने अथवा जिल्ला अदालतले गरेको आदेशलाई नै सदर गर्न सक्नेछन् ।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

पछिल्लो समाचार

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);