काठमाडौं, ७ असार । नेपाल कम्युनिष्ठ पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका पुर्वाधार निर्माण सम्बन्धी सम्झौताको स्वागत गरेको छ ।
बिहीबार सांझ पेरिसडांडामा बसेको नेकपाको सचिवालय बैठकले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपालको रेल विस्तार लगायत पुर्वाधार विकासमा दुईपक्षीय सम्झौता हुनु सुखद भएको भन्दै त्यसलाई स्वागत गरेको हो ।
पार्टी कार्यवहाक अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्रीको चीन भ्रमणमा भएका सहमति सम्झौताबारे बैठकलाई जानकारी गराउनुको साथै समसामयिक विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
चीन भमणका क्रममा प्रधानमन्त्री ओली र चीनीयाँ समकक्षी ली खस्याङबीच बिहिबार केरुङ हुँदै काठमाडाैँ आउने इलेक्ट्रिक कार्गो रेल संञ्चालन लगायत विषयमा १० बुँदे सहमति र ४ बुँदे समझदारी भएको छ ।