पारवहन सुविधा लिने समझदारीलाई कार्यान्वयनमा लैजान सुझाव | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

पारवहन सुविधा लिने समझदारीलाई कार्यान्वयनमा लैजान सुझाव

काठमाडौं, ४ असार । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले चीनबाट पारवहन सुविधा लिने समझदारीलाई कार्यान्वयनको तहमा लैजान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओलीको चीन भ्रमण नेपालको सर्वोपरी हितमा केन्द्रित हुने विश्वास पनि व्यक्त गरे । सोमबार आफ्नो चीन भ्रमणबारे संसदलाई प्रधानमन्त्री ओलीले औपचारिक जानकारी गराएलगत्तै संघीय संसद भवन परिसरमा उनले संचारकर्मीमाझ प्रधानमन्त्री ओलीले भारतबाट मात्रै पारवहन सुविधा लिने परम्पराको अन्त्य गरे त्यो मुलुकको निम्ति हालसम्मकै सबैभन्दा ठूलो उपलब्धि हुने पनि स्पष्ट पारे ।

वरिष्ठ नेता खनालले चीनले सधैं नेपालसँग मित्रवत व्यवहार गर्दै आएको पनि स्मरण गराए । प्रधानमन्त्री ओली चिनियाँ समकक्षी लि खस्याङको नियन्त्रणामा मंगलबार विहान नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जाँदै छन् । चीन भ्रमणका क्रममा उनले राष्ट्रपति सि जिन पीङसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);