चितवन निकुञ्जमा पर्यटकको संख्या बढ्यो | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

चितवन निकुञ्जमा पर्यटकको संख्या बढ्यो

chitwan-national-park

चितवन, ४ असार । चितवन राष्ट्रिय निकुञ्जमा अवलोकनका लागि आउने पर्यटकको संख्या बढेको छ । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार चालु आर्थिक वर्षको १० महिनामा १ लाख ३३ हजार १ सय ७१ पर्यटकले अवलोकन गरेका छन् ।

जसमध्ये तेस्रो मुलुकका पर्यटकको संख्या ८८ हजार ९ सय ३९, सार्क देशका १३ हजार ४ सय ८ र नेपाली ३० हजार ८ सय २४ रहेका छन् । गत आर्थिक वर्षभरिमा १ लाख ३९ हजार ९ सय ७८ पर्यटकले निकुञ्ज घुमेका थिए ।

पर्यटकको संख्या बढेसँगै राजश्व पनि बढेको छ । चालु आर्थिक वर्षको १० महिनामा २१ करोड ५० लाख राजश्व संकलन भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);