गोलाप्रथाबाट आज ५९ सांसदको भाग्य परीक्षा ! | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

गोलाप्रथाबाट आज ५९ सांसदको भाग्य परीक्षा !

samsadh

काठमाडौं, ४ असार । सुन्दा अचम्म लाग्न सक्छ गोलाप्रथाबाट नै संसदको पद जान्छ भन्दा तर सत्य हो राष्ट्रिय सभाका ५९ सांसदको कार्याकालको विषयमा आज सोमबार गोलाप्रथाबाट निर्णय गरिने भएको छ ।

राष्ट्रिय सभामा रहेका ५९ सांसदमध्ये १९ जनाको २ बर्ष, बाँकी ४० मध्ये २० जनाको कार्यकाल ६ बर्षको हुनेछ । जुन प्रक्रियाबाट पद रिक्त हुन्छ त्यही प्रक्रियाबाट निर्वाचन आयोगले रिक्त सदस्यको निर्वाचन गर्ने छ ।

राष्ट्रिय सभाको पहिलो बैठक बसेको दिनबाट सम्पुर्ण सदस्यको पदावधि गणना गरिनेछ । पहिलो बैठक गत फागुन २१ गते बसेको थियो । आजकोे नेपाल समाचारपत्रले पहिलो पृष्ठमा खबर छापेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);