गोलाप्रथाबाटै २ बर्षमा जान्छ सांसद पद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

काठमाडौं, २० चैत । सुन्दा अचम लाग्न सक्छ गोलाप्रथाबाट नै सांसदको पद जान्छ भन्दा । तर सत्य हो राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि गोलाप्रथाबाट २ बर्षमै सकिनेछ । समाचारमा लेखिएको छ, संविधानको धारा ८६ मा राष्ट्रियसभाको गठन र सदस्यहरुको पदावधि सम्बन्धी व्यवस्था छ ।

यो धाराको उपधारा ३ मा लेखिएको छ, यो संविधान प्रारम्भ भएपछि पहिलोपटक सदस्यको पदावधी कायम गर्दा गोलाप्रथाद्धारा एक तिहाइको दुई बर्ष, अर्को एक तिहाइको चार बर्ष र बाँकी एक तिहाइको ६ बर्षको हुने गरी पदावधि कायम गरिनेछ ।

तर प्रतिनिधिसभाको कार्यकाल भने ५ बर्षको हुनेछ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्तरुपलाई संघीय संसद भनिन्छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);