काठमाडौं, ३ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले चीनसँग पारवहन र रेल सेवा संचालनका सम्बन्धमा ठोस सहमति गर्न सरकारलाई सुझाव दिएका छन् ।
नेता रावलले विद्युत प्रशारण लाईन र तेल भण्डारणका लागि पनि चीन सरकारसँग प्रधानमन्त्री केपी शर्मा ओलीले ठोस सहमति गर्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओली मंगलबार भारत भ्रमणमा जाँदै छन् ।
नेता रावलले प्रधानमन्त्री ओलीको सो भ्रमण चीनसँग विगतमा गरिएको सहमति कार्यान्वयनमा केन्द्रित हुने विश्वास व्यक्त गरे । आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले नेपालको पूर्वाधार विकासमा चीन सरकारको सहयोग अपेक्षित रहेकोे स्पष्ट पारे ।
नेता रावलले जलविद्युत क्षेत्रमा चीनको निजी क्षेत्रको लगानी बढाउने विषयमा पनि प्रधानमन्त्री ओलीले ठोस पहल गर्नुपर्नेमा पनि जोड दिए ।