काठमाडौँ, २ भदौ । रियालिटी सो नेपाल आइडलबाट सुरज थापा बाहिरिएका छन्। शुक्रबार राती भएको नेपाल आइडलको टप ६ को प्रतिस्पर्धाबाट नेपालगन्जका उनी बाहिरिएका हुन्।
उनीसँगै कम भोट पाएको आधारमा बटम थ्रीमा परेका सुजाता पाण्डे र निशान भट्टराई भने अन्तिम ५ मा पुग्न सफल भएका छन्। अब अन्तिम ५ मा निशान तथा सुजातासँगै, बुद्ध लामा, सागर आले र प्रताप दासबीच प्रतिस्पर्धा हुने छ।
राजधानीबाट अडिसन दिएका ३० वर्षीय सुरजले आइडलमा सबैखालको गीत गाएर दर्शकको मन जितेका भएपनि कम भोट पाएको आधारमा उनी बाहिरिएका हुन्।