‘जीरो’ मा शाहरुख यसरी बने पुड्के | ईमाउण्टेन समाचार

Our Network

पुष ९ २०८१, मंगलबार

‘जीरो’ मा शाहरुख यसरी बने पुड्के

shahrukh and salman

एजेन्सी, २ असार । ‘तनु वेड्स मनु रिटर्न्स’ का निर्देशक आनन्द एल राय आफ्नो नयाँ फिल्ममा नयाँ तरिकाको परफेक्शन लिएर आउने गर्दछन् । यसपटक उनले कहानीका लागि बलिउड सुपरस्टार शाहरुख खानको हाइट ५ फिट ८ इन्चबाट घटाएर साढे २ फिट गरेका छन् ।

क्रिसमस विक २०१८ मा रिलिज हुन लागेको फिल्म ‘जीरो’ को बिहीवार टीजर सार्वजनिक भयो । टीजरमा सलमान खान, शाहरुखको पछाडिबाट आउँछन् । पछि, शाहरुख, सलमानको काखमा देखिन्छन् । जहाँ उनले सलमानलाई ‘किस’ पनि गर्छन् ।

‘जीरो’ मा शाहरुखलाई होचो देखाउन प्रयोग गरियो ‘फोर्स्ड पर्सपेक्टिभ’ तरिका

फिल्म ‘जीरो’ मा होचो देखाउनका लागि दुई तरिकाको सेट तयार गरिएको थियो । एउटा सेट र क्यामेरा शाहरुखलाई पुड्के देखाउनका लागि र अर्को क्यामेरा बाँकी कलाकारलाई ठूलो देखाउनका लागि ।

दुई क्यामेरामा सुट गरिएको सिन स्पेशल क्यामेरामा ‘सिंक’ गरिन्छ । पछि त्यसलाई ‘ओभरल्याप’ गरिन्छ । यसमा क्यामेरा लेन्समा अब्जेक्ट (शाहरुख्) लाई टाढाबाट होचो देखिन्छ ।

यो फिल्म शाहरुख खानको आफ्नै होम प्रोडक्शन कम्पनी रेड चिलीजले निर्माण गरिरहेको छ । ‘जीरो’ का लागि ‘फोर्स्ड पर्सपेक्टिभ’ तरिकाको आधारमा सुट गर्न २ वर्ष तयारी गरिएको थियो ।

यसले ठिक त्यस्तो काम गर्छ, जुन एउटै फ्रेममा क्यामेरालाई विल्कुलै नजिक राखियो भने निकै ठूलो र टाढा राखियो भने निकै छोटो देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);