आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गर्ने श्रीमान जेलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गर्ने श्रीमान जेलमा

jail samsadh

काठमाडौं, १ असार । आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गर्ने श्रीमानलाई तीन वर्ष जेल सजाय भएको छ । जिल्ला अदालत ताप्लेजुङका न्यायाधीश कृपासुर कार्कीले बुधबार श्रीमानलाई ३ बर्ष कैद सजाय र ५० हजार क्षतिपूर्ती दिलाउन आदेश दिएका हुन् ।

पीडक श्रीमानले बयानका क्रममा आफ्नो जायजेथा नभएको बताएपछि उनको जायजेथा भए त्यसैबाट र नभए सरकारबाट पीडितलाई ५० हजार क्षतिपूर्ति दिलाउन अदालतले आदेश दिएको हो । फुङलिङ नगरपालिका घर भई फक्ताङलुङ गाउँपालिका बस्दै आएका पीडकको नाम खोल्दा पीडित समेतलाई असर गर्ने भएकाले दुबैको नाम गोप्य राखिएको छ ।

२०७१ साउन ३० गते प्रहरीमा दर्ता भएको जाहेरी भदौ ३० गते अदालत पुगेको श्रेष्तेदार गोपाल थापाले बताए ।, यो खबर आजको कान्तिपुरमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);