काठमाडौं, २९ जेठ । नेपाली काँग्रेसका नेता अर्जननरसिंह केसीले आफ्नो पार्टीले लोकतान्त्रिक मर्यादालाई ख्याल गरेर प्रतिपक्षको भूमिका निर्वाह गर्ने स्पष्ट पारेका छन् ।
नेता केसीले काँग्रेसले विगतमा पनि लोकतान्त्रिक संस्कार, संस्कृति, परम्परा र मर्यादालाई ख्याल गरेर प्रतिपक्षको भूमिका निर्वाह गरेको बताए ।
मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले एमाले र माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट आफ्नो पार्टी विचलित नभएको बताए । काँग्रेस नेता केसीले आफू पार्टी भित्रको गुट अन्त्य गर्ने अभियानमा लागेको जानकारी दिए ।