काठमाडौं, २८ जेठ । चालु खाताको घाटा उल्लेख्य बढेको छ ।
चालु खाताको घाटा वैशाख मसान्तसम्म १ खर्ब ९१ अर्ब २ करोड रुपैयाँ पुगेको छ । यो घाटा गत वर्ष ७ अर्ब ५७ करोड थियो । आयात उच्च दरमा बढेकाले चालु आर्थिक वर्षको दश महिनासम्ममा चालु खाताको घाटा उल्लेख्य बढेको राष्ट्र बैंकले जनाएको छ ।
चालु खातामा उच्च घाटा हुँदा शोधनान्तर पनि १८ अर्ब ९३ करोडले घाटामा गएको छ । अघिल्लो वर्षको दश महिनामा शोधनान्तर ५३ अर्ब ८१ करोडले बचतमा थियो ।




