एजेन्सी, २ भदौ । एएफसी एसियन कप छनोटको खेल अन्र्तगत जापानमा रहेका राष्ट्रिय नेपाली फुटबल टोलीले आजको चौथो मैत्रीपुर्ण खेलमा जापानको हनाम विश्वविद्यालयको फुटबल टोलीसँग भिड्दै छ ।
यो भन्दा अगाडि नेपालले एक बराबरी , एक जित र एक खेलमा हारको समना गरेको हो । पहिलो खेलमा जापन ओसामा गाम्बा यु २३ सँग आइतबार भएको खेलमा १–१ को बराबरी, बुधबार भएको क्वान्सी ग्वाक्विन विश्व विद्यालयलाई २–१ ले हराएको थियो । बिहीबार भएको खेलमा नेपालले जापानको क्षेत्रिय लिगमा अमिटी स्पोर्टस क्लबसँग ५–० को लज्जास्पद हार बेहोरेको थियो ।
पहिलो खेलमा नेपालका लागि नवयुग श्रेष्ठले १ गोल गर्दै खेललाई बराबरीको रुप दिएका थिए । दोस्रो खेलमा बिमल घर्ती मगरले १ र समन लामाले १ गोल गर्दै नेपाललाई जित दिलाएका थिए ।
नेपालले भदौ २० गते ताजकिस्तानसँग आफ्नै घरेलु मैदानमा सामना गर्नेछ । नेपाल १ अकंसहित तेस्रो स्थानमा छ भने ताजिकिस्तानले कुनै पनि अकं जोड्न सकेको छैन । फिलिपिन्स ६ अकंसहित शिर्षस्थानमा छ र यमन ४ अकं सहित दोस्रो स्थानमा छ ।




