ट्रम्प र किमबीच हुने वार्ताका लागि सिंगापुर नै किन रोजियो ? | ईमाउण्टेन समाचार

Our Network

पुष १३ २०८१, शनिबार

ट्रम्प र किमबीच हुने वार्ताका लागि सिंगापुर नै किन रोजियो ?

एजेन्सी, २७ जेठ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ–उनबीच सिंगापुरमा हुने वार्तालाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाको जिम्मा प्रहरीसँगै नेपाली गोरखा सैनिकको काँधमा छ ।

किन रोजियो सिंगापुर ?
अन्तर्राष्ट्रिय जगतमा सिंगापुरको छवी राम्रो छ, किनकी यो देशमा कडा कानुन छ र कानुन उल्लंघन गर्ने प्रवृत्ति अन्त्यन्तै न्यून छ । त्यसैले पनि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ–उनबीच हुने ऐतिहासिक वार्ताका लागि यो मुलुक चुनिएको हो ।

सिंगापुरमा वार्तालाई लक्षित गरी भइरहेको तयारीलाई हेर्दा लाग्छ, वास्तवमै यो वार्ताले एउटा इतिहास रच्नेवाला छ । सुरक्षाको मुख्य जिम्मेवारी गोरखा सैनिकको काँधमा छ । उनीहरुले सिंगापुरका कुना–कुनामा बसेर नजर राख्नेछन र वार्ता स्थलसँग जोडिएका मुख्य स्थानमा आउने–जाने सडकहरु बन्द गर्नेछन् ।

यसक्रममा कुनै पनि प्रकारका प्रदर्शन गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । केही मुख्य सडकमा ठोस अवरोधक र बटन दबाउन ेबित्तिकै जमीनबाट निस्कस्ने खालको मेकानिकल मेटल ब्यारियर्स लगाउने सम्भावना रहेको अधिकारीहरु बताउँछन् ।

सिंगापुरका नागरिकका लागि कडा सुरक्षा व्यवस्था, मेट्रोमा बर्धीधारी अधिकारीहरुको गस्ती, विमानस्थमा सशस्त्र सैनिकहरुको निगरानी सामान्य कुरा हो । किनकी, सरकारले आफ्ना नागरिकको मनमस्तिष्कमा यो कुरा गहिरोसँग घुसाइदिएको छ कि कुनै पनि बेला आतंकवादी आक्रमण हुन सक्छ र त्यसका लागि पूर्वतयारी चाहिन्छ ।

तर, सिंगापुरमा यसपटकको तयारी अभूतपूर्व हुने सक्ने र यसबाट जनजीवन पनि प्रभावित हुन सक्ने बताइएको छ । विश्लेषकहरुले भनेका छन् कि यो सुरक्षा व्यवस्था निकै असुविधानजनक हुनेछ । खासगरी सडक बन्द गरिएपछि नागरिकले सास्ती खेप्नुपर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);