विद्यार्थीमा बढ्दै चुरोटको लत | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८१, आइतबार

विद्यार्थीमा बढ्दै चुरोटको लत

smking

काठमाडौं, २६ जेठ । पहिला पुरुषमा, पछि महिलामा लागेको धूमपानको लत पछिल्लो समय विद्यार्थीमा बढ्दै गएको विज्ञहरूले बताएका छन् । उनीहरूका अनुसार विद्यालयबाट सुरु हुने धूमपानको लत क्याम्पसमा पुगेपछि व्यापक हुने गरेको पाइएको छ।

क्यान्सर परिषदका अध्यक्ष रुद्र कडरियाले पुरुषछि महिलामा सरेको धूमपानको लत पछिल्लो समय विद्यर्थाीमा बढेको बताए । ‘पछिल्लो समय स्कुल-कलेजका विद्यार्थीमा धूमपानको लत बढेको देखिन्छ,’ उनले भने, ‘नेपालका नाम चलेकै कलेजका विद्यार्थीमा चुरोटको लत बढी छ।’

धूमपानविरुद्ध अभियान सञ्चालन गरिरहेका संस्थाहरूले गरेको एक अध्ययनले उपत्यकाकै नाम चलेको एक कलेजमा एउटा कक्षाका ८७.५ प्रतिशत विद्यार्थी चुरोटको लतमा फसेको देखाएको छ । अर्थात् एउटा कक्षाका १ सय ६० विद्यार्थीमध्ये १ सय ४० जनाले चुरोट खाने गरेको पाइएको हो ।

‘कलेज डेसमै एक कप चियासँग दुई खिल्लीसम्म चुरोट पिएको अध्ययनमा पाइयो,’ उनले भने, ‘क्यान्सर तथा धूमपानविरुद्ध क्रियाशील संस्थाहरूले गरेको अध्ययनले प्लसटुका विद्यार्थी तीव्र रूपमा चुरोटको लतमा फस्दै गएको देखाएको छ ।’ चुरोट हँुदै विद्यार्थी लागूपदार्थसम्म पुग्ने गरेको अध्ययनले देखाएको कडरियाले जानकारी दिए।

यसरी विद्यार्थीमा बढ्दै गएको धूमपानको लतविरुद्ध आफ्नो संस्थाले विश्व धूमपानरहित दिवसका बेला उपत्यकाका विभिन्न विद्यालयमा अभिभावक, शिक्षक र विद्यार्थी भेला गरी चेतनामूलक अन्तरक्रिया सम्पन्न गरेको क्यान्सर परिषदका अध्यक्ष कडयरियाले जानकारी दिए । भोलि देश हाँक्ने जनशक्ति विद्यार्थी नै भएकाले उनीहरूलाई धूमपान तथा लागूपदार्थका लतबाट मुक्त गर्न जरुरी रहेको उनले बताए।

एक दशकयता विद्यार्थीमा चुरोटको लत बढ्दै गएको सरोकारवालाहरूको अनुभव छ । क्यान्सर परिषदका अध्यक्ष कडयरियाका अनुसार फिल्म, सामाजिक सञ्जाल, पश्चिमी संस्कृतिको प्रभाव आदिले विद्यार्थीमा चुरोट पिउने बानीको विकास भएको हो । यसबाहेक चुरोटबाट सुरु गरेर लागूपदार्थसम्मको कूलतमा फसाउने गिरोहसमेत सक्रिय भएकाले विद्यार्थी गलत बाटोमा लागेको उनको भनाइ छ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);