जनसंख्या बढ्दै, सरकारी डाक्टर घट्दै | ईमाउण्टेन समाचार

Our Network

भदौ १९ २०८१, बुधवार

जनसंख्या बढ्दै, सरकारी डाक्टर घट्दै

doctor nurse

काठमाडौं, २६ जेठ । सरकारले स्वास्थ्यसेवामा पहुँच बढाउँदै लैजाने प्रतिबद्धता दोहो-याइरहँदा सरकारी सेवामा पाँच वर्षयता सबैभन्दा कम चिकित्सक कार्यरत रहेको पाइएको छ। स्वास्थ्य मन्त्रालयले रिक्त दरबन्दीमा नियुक्ति नगर्दा अघिल्ला वर्षका तुलनामा डाक्टरको संख्या घटेको हो।

सरकारले अघिल्लो साता सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार प्रथम ८ महिनामा स्वास्थ्यमा २ हजार ४ जना चिकित्सक कार्यरत छन्। अघिल्लो वर्ष यही अवधिमा २ हजार ६ सय ४० चिकित्सक कार्यरत थिए। यो गत पाँच वर्षमा सबैभन्दा बढी हो। जनसंख्या बर्सेनि बढे पनि त्यस अनुपातमा चिकित्सकको दरबन्दी अत्यन्तै न्यून छ। भएका दरबन्दी पनि खाली छन्।

मन्त्रालयका अधिकारीका अनुसार गत वर्ष तत्काीलन स्वास्थ्यमन्त्री गगन थापाले रिक्त दरबन्दी पूर्तिका लागि लोकसेवामार्फत पहल गरेका थिए। कतिपय ठाउँमा करार नियुक्तिसमेत गरिएको थियो। थापाले त्यति बेला देशभरका स्वास्थ्य संस्थामा चिकित्सक पु¥याउने अभियान थालेका थिए। त्यति बेला १ सय ७५ चिकित्सक लोकसेवा पास गरेर नियुक्त भएका थिए भने १ सय ३० चिकित्सकलाई करारमा नियुक्ति गरिएको थियो।

पछिल्लोपटक मन्त्रालयले करार नियुक्तिसमेत गरेको छैन। स्वास्थ्यसेवाअन्तर्गत स्थायी तथा करार चिकित्सकको परिचालन स्वास्थ्य मन्त्रालयले गर्छ। सरकारी छात्रवृत्तिमा पढेर आएका चिकित्सकले दुई वर्ष सरकारले खटाएको ठाउँमा सेवा गर्नुपर्ने प्रावधान छ। यस्ता चिकित्सकको परिचालन स्वास्थ्यसेवा विभागले गर्छ।

स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन महाशाखाका नायब सुब्बा गायत्रीप्रसाद अधिकारीका अनुसार स्वास्थ्यसेवाअन्तर्गत ८ सय १५ मेडिकल अफिसर (आठौं तह) र ६ सय हाराहारीमा विशेषज्ञ (नवौं, दसौ, एघारौं) तहका चिकित्सकको दरबन्दी छ। महाशाखाअनुसार कति दरबन्दी रिक्त छ भन्ने यकीन तथ्यांक छैन।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);