काठमाडौंमा बचत तथा ऋण सहकारी संस्थाको सम्मेलन सुरु | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

काठमाडौंमा बचत तथा ऋण सहकारी संस्थाको सम्मेलन सुरु

काठमाडौं, २४ जेठ । बचत तथा ऋण सहकारी संस्था (साकोस) शिखर सम्मेलन काठमाडौंमा सुरु भएको छ । वित्तिय समावेशीकरणमार्फत् जनताको जीवनस्तरमा आवश्यक परिवर्तन ल्याउने गरी भावी योजना तय गर्न तेस्रो साकोस शिखर सम्मेलन बिहिबारबाट काठमाडौंमा सुरु भएको हो ।

देशभरका सबै सहकारीकर्मी सहभागी रहेको शिखर सम्मेलनको उदघाटन गर्दै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले आर्थिक विकास र समृद्धिको राष्ट्रिय अभियानमा सहभागी हुन सबैलाई एकतावद्ध भएर अघि बढन आह्वान गरे ।

उनले समृद्धिको अभियानलाई शिखरमा पु-याउन वेगवान गतिका साथ अघि बढ्न सरकार प्रतिवद्ध रहेको बताए । उपप्रधानमन्त्री पोखरेलले मुलुकलाई समृद्ध बनाउन नीतिगत, संरचनागत सुधार गरेर अघि बढ्ने योजना सुनाए ।

कार्यक्रममा बोल्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले सहकारी ऐनलाई संशोधन गरेर अघि बढ्न सरकार प्रतिवद्ध रहेको बताए ।

उनले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि आवश्यक बहसमा सहभागी हुन पनि सहकारीकर्मीहरुलाई सचेत गराए । मन्त्री तामाङले सहकारीकर्मीहरुले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);