काठमाडौं, २४ जेठ । मनाकामना ग्रुप अन्तर्गतको जस्मिन पेन्टसले ’जस्मिन पेन्टको बहार, बम्परमा कार उपहार’ अन्तर्गत कार बिजेतालाई साँचो हस्तान्तरण गरेको छ ।
बिहिबार काठमाडौंमा एक कार्यक्रमकाबीच लक्की ड्र मार्फत कार जितेका टोखाका घमन मगरलाई कारको साँचो हस्तातरण गरिएको हो । आगमी दिनमा यस्ता पुरस्कार योजनालाई अझै परिस्कृत गर्दै लैजाने कम्पनीले जनाएको छ ।