अघिल्लो वर्षको तुलनामा कैलालीमा घरेलु हिंसाका घटनामा कमी | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

अघिल्लो वर्षको तुलनामा कैलालीमा घरेलु हिंसाका घटनामा कमी

gharalu himsa

पाण्डव पुजारा,
कैलाली, २४ जेठ । कैलालीमा घरेलु हिंसाका घटनामा कमी आएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक बर्षमा घरेलु हिंसाका घटनाको उजुरी कम आएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा चालु आर्थीक बर्षकोे बैशाखसम्म घरेलु हिंसाका १ सय ३८ वटा उजुरी दर्ता भएका छन् । जसमध्ये ८० वटाको मिलापत्र भएको छ भने ३७ वटाको फैसला हुन बाँकी छ । गत आर्थिक बर्षमा १ सय ९७ वटा घरेलु हिंसाको उजुरी परेको थियो । जसमध्ये १ सय ३५ उजुरीको मिलापत्र भएको छ भने २६ वटाको बाँकी छ । पछिल्लो समय घरेलु हिंसाका घटानमा कमी आएपनि दैनिक ३ देखि ४ वटा उजुरी दर्ता हुने गरेको छ ।

घरेलु हिंसा अन्तर्गत बहुविवाह, दाइजो, मादक पदार्थ सेवन लगायतका उजुरी आउने गरेको छ । घरेलु हिंसामा अधिकांश महिलाहरु पीडित हुने गरेको सरोकारवालको भनाइ छ । घरेलु हिंसाका कारण सम्बन्धविच्छेद गराउनेको संख्या बढेको छ । जसको प्रभाव बालबालिकालाई पर्ने गरेको छ । महिला हिंसाका घटना न्यूनीकरण गर्न चेतनामूलक कार्यक्रम गर्न सरोकारवालले जोड दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);