काठमाडौं, २३ जेठ । नेपाली काँग्रेसका युवा नेता प्रदिप पौडेलले सत्ता पक्षकै कारण संघीय संसद नियमावलीमा सहमति जुट्न नसकेको आरोप लगाएका छन् ।
नेता पौडेलले फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने व्यवस्थासहित संघीय संसदको दुवै सदनमा विचाराधिन संसद नियमावली पारित गर्न दुई तिहाई बहुमत प्राप्त सरकारलाई कसले रोक्यो भनि प्रश्न गरे ।
बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने व्यवस्था संसद नियमावलीमा नभई कानुनमै व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।
काँग्रेस नेता पौडेलले सरकारले संविधान संशोधनको नाममा मुलुकमा राजनीतिक अस्थिरता ल्याउन चाहेको आरोप लगाए ।