'प्रारम्भिक बालविकास सरकारकाे उच्च प्राथमिकतामा' | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

‘प्रारम्भिक बालविकास सरकारकाे उच्च प्राथमिकतामा’

काठमाडौं, २२ जेठ । एशिया प्रशान्त क्षेत्रीय प्रारम्भिक बालविकास सम्मेलन तथा तेस्रो एशिया प्रशान्त क्षेत्रीय नीति मञ्चको बैठक काठमाडौंमा सुरु भएको छ ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले एशिया प्रशान्त क्षेत्रीय प्रारम्भिक बालविकास सम्मेलन तथा तेस्रो एशिया प्रशान्त क्षेत्रीय नीति मंचको बैठक उद्घाटन गरेका हुन् ।

एशीया प्रशान्त क्षेत्रका प्रारम्भिक बालबालिकाहरुको स्वास्थ्य, पोषण, शिक्षा र सुरक्षाजस्ता विषयमा गुणस्तरीय सुधार ल्याउने उद्देश्यका साथ सरकारको अगुवाईमा यो सम्मेलन आयोजना गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए ।

सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रारम्भिक बालविकासलाई नेपाल सरकारले उच्च प्राथमिकता दिएको स्पष्ट पारे । उनले प्रारम्भिक बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा दिन पनि नेपाल सरकार प्रतिवद्ध रहेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले प्रारम्भिक बालविकासको माध्यामबाट ‘सुःखी नेपालीः समृद्ध नेपाल’ बनाउने नेपाल सरकारको योजना रहेको बताए । उनले सरकारले बालबालिकाहरुको उचित शिक्षालाई ध्यानमा राखेर विद्यालय भर्ना अभियानलाई चरणवद्ध रुपमा अघि बढाएको बताए ।

३ दिनसम्म चल्ने सम्मेलनमा एशीया प्रशान्त क्षेत्रका बालविकासका क्षेत्रमा कार्यरत नीति निर्माताहरु, उच्च पदाधिकारीहरु, विकास नियोगका प्रतिनिधिहरुसहित करिव ७ सय जनाको सहभागिता रहेको छ ।

सम्मेलनले एशीया प्रशान्त क्षेत्रको बाल स्याहार तथा उनीहरुको शिक्षाको गुणस्तर वृद्धिका लागि ठोस धारणा बनाउने अपेक्षा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);