काठमाडौं, २२ जेठ । अहिले बलियो सरकार बनेको छ । फोरम सरकारमा सहभागी भएपछि सरकार अझै बलियो बनेको छ । अब मधेसको पनि सरकारमा प्रतिनिधित्व भएको छ । तर, फोरम सरकारमा गईसकेपछि अर्को कोणबाट बहस सुरु भएको छ । प्रदेश २ मा फोरम र राजपा मिलेर सरकार बनेको थियो । हिजो सरकारलाई समर्थन गरेको नेकपाले २ नम्बर प्रदेशबाट आफ्नो समर्थन फिर्ता लिएको छ । यो जुन राजनीतिक दाउ-पेच चलिरहेको छ, यसले के संकेत गरिरहेको छ ? एउटै गठबन्धन बनेको चुनाव र सरकारमा गएको फोरम र राजपाको बीच खतरा उत्पन्न भएको छ वा छैन ? फोरम सरकारमा प्रवेश गरिसकेपछि राजपा के सोचिरहेको छ ? यी र यस्तै विषयमा आधारित माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रस्न’ मा प्रस्तोता प्रकाश गिरीले राजापा अध्यक्ष मण्डलका नेता महेन्द्रराय यादवसँग गरेको कुराकानी हेर्नुहोस् :