काठमाडौं, २० जेठ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले मुलुकको व्यापार घाटा कम गर्न आवश्यक योजना तय गरिएको दाबी गरेका छन् । आईतबार वैकल्पिक उर्जा प्रवर्धन केन्द्रले काठमाडौंमा गरेको कार्यक्रममा उपाध्यक्ष कँडेलले उर्जा क्षेत्रको विकास गरेर सरकारले बढ्दो व्यापार घाटालाई कम गर्न आवश्यक योजना बनाएको बताए ।
उपाध्यक्ष कँडेलले बैकल्पिक उर्जा क्षेत्रको विकासमा सक्रियताकासाथ लाग्न सम्बन्धित निकायलाई सचेतसमेत गराए । उनले उर्जा क्षेत्रको विकासका लागि ट्रान्समिसन लाईन मुख्य समस्याको रुपमा रहेको पनि स्मरण गरे ।