काठमाडौं, २० जेठ । पूर्वगृहमन्त्री दानबहादुर शाहीको ७६ वर्षको उमेरमा निधन भएको छ ।
श्वासप्रश्वास, मुटु र मिर्गौंला रोगबाट पीडित शाहीको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज विहान निधन भएको हो । दुवै मिर्गाैंला फेल भएर डाइलाइसिस् गर्दै आएका शाही अढाइ महिनाअघि अस्पताल भर्ना भएका थिए ।
लामो समय निजामति सेवामा बिताएका शाही तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा २०५९ सालमा गृहमन्त्री भएका थिए ।