काठमाडौँ, १८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल विस्तार गरेका छन् । संघीय समाजवादी फोरमका नेता उपेन्द्र यादव र मोहम्मद इस्तियाक राईलाई मन्त्रीमा नियुक्त गरेका छन् ।
उपेन्द्र यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेबारी दिइएको छ भने मोहम्मद इस्तियाक राईलाई सहरी विकास मन्त्रीमा नियुक्त गरिएको छ ।
नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नवनियुक्त मन्त्रीहरुलाई आजै पद तथा गोपनियताको सपथ खुवाएकी छन् । फोरमबाट दुई मन्त्रीले सपथ लिएसँगै ओली मन्त्रिपरिषद् २४ सदस्यीय भएको छ ।