सांसदको भत्ता मोहः हाजिर गर्दै, बाहिरिँदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

सांसदको भत्ता मोहः हाजिर गर्दै, बाहिरिँदै

samsadh

काठमाडौं, १८ जेठ । प्रतिनिधिसभामा दुई दिनअघि प्रस्तुत भएको बजेटमाथि छलफल चलिरहँदा सांसदहरु ससदभवनमा हाजिर गर्दै बाहिरिने गरेका छन् ।

बिहीबारको बैठकमा हाजिर गर्ने सांसद २ सय २८ भए । पनि बैठक अन्तिममा मुस्किलले ६० जना पनि उपस्थित थिएनन् । बैठकमा शीर्ष नेताहरुसमेत उपस्थित भएनन् । दोस्रो बरीयताका नेताहरु पनि पूरा समय नबस्दा बजेटमाथिको छलफल प्रभावकारी हुन सकेको छैन ।

सरकारका मन्त्री पनि न्यून मात्रै उपस्थित हुने गरेका छन् ।  बैठकको अन्तिममा सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटा मात्रै थिए । प्रतिनिधिसभामा २ सय ७५ सदस्य छन् । तर, तीन बजेसम्म बस्नेमा सत्तापक्षका २६ र प्रतिपक्षका २६ सांसद मात्रै थिए । हलका अधिकांश सिट खाली थिए । केही सांसद क्यान्टिनमा थिए । आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);