बुटवल, १६ जेठ । प्रदेश ५ को प्रदेशसभाले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधा सम्वन्धि विधेयक पारित गरेको छ । प्रदेशसभाको बुधबार बसेको बैठकले सो विधेयक पारित गरेको हो । पारित विधेयकमा जिल्ला समन्वय समितिका प्रमुखको मासिक तलव ४१ हजार, उपप्रमुखको ३६ हजार र सदस्यको १६ हजार तोकिएको छ ।
त्यस्तै उपमहानगरपालिकाका प्रमुखको ४० हजार, उपप्रमुखको ३५ हजार, वडाअध्यक्षको २६ हजार, कार्यपालिका सदस्यको १५ हजार र वडा सदस्यको ९ हजार तोकिएको छ ।
त्यस्तै नगरपालिका प्रमुखको मासिक ३५ हजार उपप्रमुखको ३० हजार, वडा अध्यक्षको २५ हजार, कार्यपालिका सदस्यको १३ हजार, र सदस्यको ८ हजार तोकिएको छ ।
त्यस्तै गाउँपालिका अध्यक्षको मासिक ३० हजार, उपाध्यक्षको २७ हजार, वडा अध्यक्षको २० हजार, कार्यपालिका सदस्यको १२ हजार रुपैया र सदस्यको ७ हजार रुपैया पारित गरेको छ । बैठकले प्रदेसभा नियमावली २०७४ संशोधन स्वीकृत गरेको छ ।