चारदिने औपचारिक भ्रमण सकेर चिनियाँ उपप्रधानमन्त्री वाङ स्वदेश फिर्ता | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८३, बिहीबार

काठमाडौँ, १ भदौ । चिनियाँ राष्ट्रपति सी चिनफिङका विशेष प्रतिनिधीको रुपमा नेपाल आएका उपप्रधानमन्त्री वाङ याङ चार दिने नेपालको औपचारिक भ्रमण सम्पन्न गर्दै स्वदेश फर्केका छन् । वाङ सार्क सदस्य तथा चीनको आर्थिक साझेदार छिमेकी मुलुक पाकिस्तानको ७१ औं स्वतन्त्रता दिवसमा सहभागी भएर सोमबार नेपाल आएका थिए।

नेपालमा रहुन्जेल होटल सोल्टीमा बसेका उनी राजनीतिक र रणनीतिक भेटघाटमा सक्रिय रहे । दुईपक्षीय उच्चस्तरीय वार्ता, नेपाल र चीनबीच भएका यसअघिका सहमति र सम्झौता अघि बढाउन तीन फरफफरक सम्झौतामा हस्ताक्षर समेत भए।

शिष्टाचार भेटका लागि उनी शितल निवास र बालुवाटार पनि पुगे । सबै भेटमा चीनले नेपाललाई उच्च प्राथमिकतामा राखेको भन्दै विकास प्रक्रियामा सघाउन र लगानी गर्न चीन सधैं तयार रहेको बताए। निकै प्रशन्न मुद्रामा स्वदेश फिरेका चिनियाँ वाङलाई उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बिदाई गरेका छन्। उनको स्वागत संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री जितेन्द्र देवले गरेका थिए।

ताजा समाचार