काठमाडौं, १५ जेठ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले ल्याएको बजेटले आफू निरास भएको प्रतिक्रिया दिएका छन् ।
सफल अर्थमन्त्रीको पहिचान समेत बनाएका उनले बजेटले विकास र समृद्धितर्फ जाने जनताको अपेक्षालाई सम्बोधन गर्न नसक्ने स्पष्ट पारे । संयोजक भट्टराईले प्रदेश र स्थानीय तहमा एक चौथाईभन्दा पनि कम बजेट विनियोजन गरेर सरकारले गम्भिर त्रुटि गरेको दावी गरे । संयोजक भट्टराईले बजेट नयाँ उडान भर्नेगरी नआएको दावी गर्दै त्यसले सरकारलाई अप्ठयारोमा पार्ने तर्क गरेका छन् ।




