आज ११ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

आज ११ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस

sagarmatha

काठमाडौं, १५ जेठ । ११ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस विविध कार्यक्रमका साथ मनाईदैछ । आजको दिन विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलो पटक तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पाईला टेकेका थिए । सोही दिनको स्मरणमा सरकारले हरेक वर्ष आजको दिन सगरमाथा दिवसको रुपमा मनाउने गरेको छ ।

यसै अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै खानेपानी तथा सरसफाई मन्त्री विना मगरले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आवश्यक सुविधा पु-याउने प्रतिवद्धता व्यक्त गरिन् ।

सगरमाथाको सफल आरोहण समेत गरेकी उनले सगरमाथा आरोहणका लागि सघाउ पु¥याउने प्राविधिकहरुको पनि सम्मान गर्नुपर्ने आवश्यक्ता औंल्याइन् ।

कार्यक्रममा मन्त्री मगरले सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम राख्न सफल व्यक्तिहरुलाई सम्मान गरिएको थिए । त्यस अवसरमा उनले सगरमाथा आरोहणलाई सफलतापूर्वक सम्पन्न गर्न शेर्पा समुदायले पु¥याउँदै आएको योगदानको पनि खुलेर प्रशंसा गरिन् ।

विश्व समूदायले सर्वोच्च शिखर सगरमाथालाई नेपालको शान, मान र गौरवको रुपमा हेर्ने गर्दछन । सगरमाथामा आउने पर्यटकहरुको उचित व्यवस्थापन गर्न सक्दा नेपाल समृद्ध हुने धेरैको बुझाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);