ज्ञानेन्द्र मल्ल ई-सेवाको ब्राण्ड एम्बेस्डर | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

ज्ञानेन्द्र मल्ल ई-सेवाको ब्राण्ड एम्बेस्डर

काठमाडौं, १४ जेठ । ई–पेमेन्ट कम्पनी ‘ई–सेवा’ले राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ । सोमबार राजधानीमा एक कार्यक्रमकाबीच ई–सेवाको मातृ संस्था एफ वान सफ्टका अध्यक्ष विश्वास ढकाल र क्रिकेटर मल्लबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

एकवर्षका लागी ब्राण्ड एम्बेस्डरमा नियुक्त भएका मल्लले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा ई– सेवाको लोगो भएको ब्याट प्रयोग गर्नेछन्।

एफ वान सफ्टका अध्यक्ष ढकालले ई–सेवा पछिल्लो ४-५ वर्षदेखि नै नेपाली क्रिकेटसँग जोडिएको स्मरण गराउँदै राष्ट्रिय टोलीका उपकप्तानसँगको सहकार्यले अझ नयाँ उचाइ लिएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);