आईपीएलको उपाधि चेन्नई सुपर किंग्सलाई | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८१, शुक्रबार

आईपीएलको उपाधि चेन्नई सुपर किंग्सलाई

ipl

काठमाडौं, १४ जेठ । यस वर्षको इण्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ ।

सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गरी चेन्नईले उपाधि जितेको हो । चेन्नईले उपाधि जितेको यो तेस्रो पटक हो । चेन्नईले यसअघि सन् २०१० र २०११ पनि उपाधि जितेको थियो । उपाधिसँगै चेन्नईले २० करोड भारतीय रुपैयाँ पुरस्कार पाएको छ ।

मुम्बईको वाङखडे रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको सनराइजर्सले दिएको १ सय ७९ रनको लक्ष्य चेन्नईले ९ बल बाँकी छँदा पूरा गर्यो। चेन्नईको जितमा ओपनर शेन वाटसनले अविजित १ सय १७ रन बनाए । सुरुवाती पाँच ओभरमा एक विकेट गुमाएर २० रन मात्र जोडेको चेन्नईलाई जित दिलाउने क्रममा वाटसनले भुवनेश्वर कुमार र रसिद खान वाहेकका बलरविरुद्ध आक्रामक ब्याटिङ गरे ।

५७ बल सामना गरेका वाटसनले ११ चौका र ८ छक्का प्रहार गरे । सकिब अल हसन, सिद्धार्थ कौल र सन्दिप शर्मा निकै महङ्गा सावित भए । त्यसअघि ब्याटिङ गरेको सनराइजर्सले कप्तान केन विलियम्सनको ४७ र युसुफ पठानको ४५ रनको मद्दतमा ६ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);