वार्सिलोनालाई हराउदै स्पेनिस सुपर कप फुटबलको उपाधि रियल मड्रिडलाई | ईमाउण्टेन समाचार

Our Network

पुष २६ २०८१, शुक्रबार

एजेन्सी  , १ भदौ । स्पेनिस सुपर कप फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । सुपर कपको दोस्रो लेग अन्तर्गत गएराति भएको एल क्लासिको भिडन्तमा बार्सिलोनालाई २–० ले हराउँदै समग्रमा ५–१ को जितसहित रियल मड्रिडले उपाधि जितेको हो ।

घरेलु मैदानमा भएको दोस्रो लेगमा रियल मड्रिडलाई जिताउन मार्को एसेन्सिओ र करिम बेन्जिमाले एक एक गोल गरे । बार्सिलोनाको मैदान क्याम्प नाउमा भएको पहिलो लेगमा रियल मड्रिड ३–१ ले विजयी भएको थियो । पहिलो लेगमा रातो कार्ड पाएका कारण रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो दोस्रो लेगमा बेञ्चमा बसे । रोनाल्डोविना पनि उत्कृष्ट प्रदर्शन गर्दै रियल मड्रिडले बार्सिलोनालाई पराजित ग¥यो ।

बार्सिलोनाका लागि लियोनल मेसी र लुइस स्वारेजले गोल गर्ने केही मौका खेर फालेका थिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);