सरकारलाई दिएको समर्थन फिर्ता गर्ने राजपाको संकेत | ईमाउण्टेन समाचार

Our Network

माघ २९ २०८२, बिहीबार

सरकारलाई दिएको समर्थन फिर्ता गर्ने राजपाको संकेत

काठमाडौं, १२ जेठ । राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ । पार्टीका नेता महेन्द्र राय यादवले संविधान संशोधन गर्ने लगायतका आफूहरुको माग सम्बोधन नगरे सरकारलाई समर्थन गरिरहन नसकिने टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले मुलुकलाई अघि बढाउन प्रतिपक्षलाई पनि साथमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिए । नेता यादवले विकास, निर्माणको कामलाई अघि बढाउन पनि सरकारले सबैलाई मिलाएर अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पारे ।

नेता यादवले सरकारले विकासको सपना देखाएपनि त्यसलाई काम गरेर देखाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।