नेविसंघको प्रदर्शन सरकार विरुद्ध कि आफ्नै संगठन विरुद्ध? | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८२, बुधवार

नेविसंघको प्रदर्शन सरकार विरुद्ध कि आफ्नै संगठन विरुद्ध?

फूलमाया आले

काठमाडौं, ११ जेठ । विभिन्न विषयमा माग राख्दै कांग्रेस निकट विद्यार्थी संघ आन्दोलन गरिरहेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिदेखि आफ्नै पार्टी र संगठनका सभापतिसम्म नेविसंघको निशानामा परेका छन् । धेरै विषय आफ्ना मागपत्रमा समेटेकाले नेविसंघको आन्दोलनको प्रभाव खासै देखिएको छैन ।

केपी शर्मा ओली प्रधानमन्त्री भएर आए यता पेट्रोलियम पदार्थको मूल्य ४ पटक बढिसकेको छ । फागुन ३ गते प्रधानमन्त्री भएर ओली आउँदा पेट्रोलको मूल्य १ सय ४ रुपैयाँ थियो । ओली सरकारको सय दिनसम्म आइपुग्दा चार पटक बढेको मूल्य बृद्धिले पेट्रोलमा ६ रुपैयाँ र मट्टितेल तथा डिजेलमा ९ रुपैयाँ बढाएको छ ।

अहिले पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैयाँ र डिजेल मट्टितेलको प्रतिलिटर ९२ रुपैयाँ छ । त्यही चार पटकसम्म भएको पेट्रोलको मुल्य वृद्धिलाई लिएर नेविसंघ केही महिना अघिदेखि आन्दोलित छ ।

तर, शुक्रबार नेपाली कांग्रेस र नेपाल विद्यार्थी संघको झण्डासहित उपस्थित कांग्रेस कार्यकर्ताहरुले पार्टीभित्र आन्तरिक लोकतन्त्र सुदृढ बनाउनुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने, द्वन्द्वकालीन मुद्दामा थुनामा रहेका तत्कालीन माओवादीका नेता बालकृष्ण ढुंगेललाई आममाफी दिन नहुने लगायतका ब्यानर बोकेर प्रदर्शनी गरे ।

नेपाली कांग्रेसभित्र अन्तरविरोध चर्किरहेका बेला नेविसंघ काठमाडौं जिल्ला समितिले राजधानीमा गरेको प्रदर्शन र भाषण सरकारका विरुद्धमा कि आफ्नै पार्टी सभापतिका विरुद्धमा भन्नेमा अन्योलता देखिन्छ ।

आफ्नै पार्टी सभापति र वर्तमान नेकपा नेतृत्वको सरकारविरुद्ध सडकमा उत्रिएका नेविसंघका केही कार्यकर्ताहरुले पूरै शरीर ढाकिने कालो कपडा पनि लगाएका थिए । प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडिबाट सुरु भएको विरोध प्रर्दशनी रत्नपार्क पुगेर कोणसभामा परिणत भएको थियो । धेरै विषयलाई लिएर विरोध गरिरहेकाले नेविसंघको विरोधको खासै प्रभाव देखिएको छैन ।