झापा, ११ जेठ । झापाको काँकरभिट्टामा केसिसी राष्ट्रिय खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता हुने भएको छ । नाइट चेस क्लवको आयोजना तथा मेची युमा चेस एकेडेमीको सहयोगमा बुद्धिचाल प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा झापा र मेचीनगरका १ सय २० र झापा बाहिरबाट ८० जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नाइट चेस क्लवका अध्यक्ष कृष्णकान्त खनियाँले जानकारी दिए । जेठ १२ देखि १७ गतेसम्म चल्ले प्रतियोगितमा प्रथम हुनेले ५० हजार, दोस्रोले ३० हजार तथा तेस्रोले २० हजार पुरस्कार पाउने छन् ।