सरकारको सय दिन उपलब्धिपूर्ण : मन्त्री विष्ट | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८२, मंगलबार

सरकारको सय दिन उपलब्धिपूर्ण : मन्त्री विष्ट

काठमाडौं, ११ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारको सय दिन उपलब्धिपूर्ण रहेको दाबी गरेका छन् ।

मन्त्री विष्टले यातायात क्षेत्रको सिन्डीकेट अन्त्य गर्ने, छिमेकसँगको सम्बन्धलाई सुमधुर बनाउने लगायतका काम गरेर छोटो समयमै सरकारले उल्लेखनीय काम गरेको दाबी गरे ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले सय दिनमै जनताको जीवनस्तरलाई माथि उठाउन आवश्यक कदम चालेको बताए ।

मन्त्री विष्टले पूर्वाधार विकासमा गति दिएर सरकारले मुलुकको समृद्धिको आधार तय गर्ने कामलाई उच्च प्राथमिकता दिएको बताए । मन्त्री विष्टले सरकारले नेपाली जनतालाई सुःखी बनाउने सन्देश अन्तर्राष्ट्रिय समूदायलाई दिन सफल भएको पनि दाबी गरे ।