नीति तथा कार्यक्रम महत्वकांक्षी, अपुरो र अधुरो : यादव | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८१, सोमबार

काठमाडौं, ११ जेठ । राजपाका सांसद महेन्द्र राय यादवले सरकारको नीति तथा कार्यक्रम महत्वकांक्षी, अपुरो र अधुरो रहेको टिप्पणी गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै उनले सुन्दा लोकप्रिय र कर्णप्रिय लाग्ने नीति तथा कार्यक्रम आधारहिन महत्वकांक्षी रहेको बताएका छन् ।

उनले राजनीतिक समस्या समाधान नभई मुलुकको आर्थिक सम्वृद्धि संभव नहुने भन्दै संविधानलाई सर्व स्वीकार्य बनाउने विषय पहिलो प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिए ।

राजनीतिक समस्यालाई सम्बोधन नगरि समृद्धिका कुरा सपना मात्र हुने उनको तर्क थियो । नीति तथा कार्यक्रमले संघिय संरचनालाई आत्मसाथ नगरेको उनले दावी गरे । उनले भने, “संघीयता भन्ने शब्द किन राखिएन ? छुटेको हो ? सभामुखलाई सम्माननिय किन लेखिएन ?” तराई मधेस भन्ने शब्द पनि नराखिएकोले पहिचानको समस्या श्रृजना गराउने बताए ।

सरकारले राजनीतिक समस्या सम्बोधन नगरी लोकप्रिय सपना बांड्ने काम मात्रै गरेको उनको आरोप छ । उनले भने “कम्युनिष्ठ पार्टी सपना बाँड्ने नै पार्टी हो । देशलाई सिंगापुर बनाउछु, जसको जोत उसको भोग भन्ने पनि कम्युनिष्ट नै हो, खै अहिले त्यो भएको ?”

सरकारले जनताको तटबन्धको पैसा काटेको, तराई मधेस समृद्ध सिंचाई आयोजना काटेको दाबी गर्दै उनले चुरे संरक्षण, नदी नियन्त्रण, वृक्षरोपण लगायतमा ठोस योजना ल्याउनुपर्नेमा जोड दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);