१३ वर्ष अगाडि हराएको हिराको औँठी गाजरले लगाएर बसेपछि | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८३, बिहीबार

काठमाडौँ, १ भदौ । क्यानडाकी एक महिलाले हिराको औँठी हराएको १३ वर्षपछि गाजरमा भेटाएकी छन् । सन् २००४ मा अल्बर्टामा रहेको एक फार्म हाउसमा भएको विवाह समारोहमा ८४ वर्षकी म्यारी ग्राम्सको हिराको औँठी हराएको थियो।

 

बहुमुल्य औँठी हराएपछि ग्राम्सले छोरालाई बाहेक कसैलाई भनेकी थिइनन्। तर उनको औँठी १३ वर्षपछि गत सोमबार करेसाबारीमा फेला पर्यो। ग्राम्सकी बुहारी कोलिन डेलीले बारीमा लगाएको गाजर खन्दा गाजर मै औँठी लगाए झैँ गरी भेट्टियो। ग्राम्सले औँठी हराएको कुरा श्रीमानलाई भनेकी थिइनन्। पहिले ग्राम्स बस्दै आएको फार्म हाउसमा अहिले उनकी बुहारी डेली बस्दै आएकी छन्।

 

डेलीले बारीमा लगाएको गाजर निकालेर पखाल्ने क्रममा औँठी देखेकी हुन्। डेलीले श्रीमानलाई औँठी भेटिएको बारे बताइन्। त्यसपछि उनले आमालाई फोन गरेर १३ वर्षअघि हराएको औँठी भेट्टिएको बताएका हुन्।

ताजा समाचार