बैठकमा उपस्थित हुन सरकार र सांसदहरुको ध्यानाकर्षण : कृष्णबहादुर महरा | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८१, सोमबार

बैठकमा उपस्थित हुन सरकार र सांसदहरुको ध्यानाकर्षण : कृष्णबहादुर महरा

krishana bdr mahara

काठमाडौं, ११ जेठ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पूर्वनिर्धारित समयमै बैठकमा उपस्थित हुन सरकार र सांसदहरुको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा सांसदहरुको न्यून उपस्थिति, सरकारको अनुपस्थितिका कारण समयमै बैठक संचालन हुन नसकेको भन्दै उनले त्यसमा सरकार र सांसदहरुको ध्यानाकर्षण गराए । उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपतिको सम्बोधनलाई लिएर सांसहरुबाट व्यक्त अभिव्यक्ति संसदीय मर्यादाभन्दा बाहिर देखिएको प्रतिक्रिया पनि दिए ।

समय लिएर बोल्दै नेकपाका सांसद सुवासचन्द्र नेम्वाङ्गले छलफलका क्रममा राष्ट्रपतिलाई महारानी बनाउन खोजिएको भन्ने भनाइ रेकर्डबाट हटाउन माग गरेका थिए । सभामुख महराले सोही शब्दमा संसदको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);