कांग्रेसद्वारा सरकारको नीति तथा कार्यक्रमलाई दिशाहीन नीतिको पोकाको संज्ञा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

कांग्रेसद्वारा सरकारको नीति तथा कार्यक्रमलाई दिशाहीन नीतिको पोकाको संज्ञा

nepali congress logo

काठमाडौं, १० जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमलाई छरपस्ट र दिशाहीन नीतिको पोकाको संज्ञा दिएको छ ।

नेपाली कांग्रेसले नीति तथा कार्यक्रममा नयाँ पनि केही नरहेको भन्दै छरपस्ट र दिशाहीन नीतिको पोकाको संज्ञा दिएको हो । प्रतिनिधि सभाको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले नीति तथा कार्यक्रममा मुलुकलाई समृद्धिको बाटोमा लैजाने कार्यक्रम केही पनि नरहेको बताए । उनले नीति तथा कार्यक्रमका आधारमा सरकारले ऐतिहासिक अवसर खेर फाल्ने देखिएको बताए ।

देउवाले नीति तथा कार्यक्रममा संघीयताको कानूनी तथा प्रशासनिक संरचनालाई क्रियाशिल गराउने कुरामा प्रतिबद्धता नजनाइनु चिन्ताजनक भएको भन्दै प्रदेश र स्थानीय तहलाई निष्प्रभावी बनाउने कुरा कांग्रेसलाई स्वीकार्य नहुने बताए । बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद्हरुले भने नीति तथा कार्यक्रमको बचाउ गरेका छन् ।

उनीहरुले सरकारले जनताको विकासको आकांक्षा सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम ल्याएको भन्दै कार्यक्रम कार्यान्वयन गर्ने गरी बजेट ल्याउन सुझाव दिएका छन् । प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);