आईपीएल : एलिमिनेटरमा कोलकाताद्वारा राजस्थान पराजित | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

आईपीएल : एलिमिनेटरमा कोलकाताद्वारा राजस्थान पराजित

kkr-rr-eliminator

एजेन्सी, १० जेठ । राजस्थान रोयल्स इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि होडबाट बाहिरिएको छ । गएराति भएको खेलमा कोलकाता नाइट राईडर्ससँग २५ रनले पराजित भएसँगै राजस्थान रोयल्स आईपीएलको उपाधि होडबाट बाहिरिएको हो ।

राजस्थानलाई पराजित गरेको कोलकाताले फाइनल प्रवेशका लागि सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्ने छ । सनराइजर्सलाई पराजित गरी चेन्नई सुपर किंग्स यसअघि नै फाइनलमा पुगिसकेको छ ।

उपाधि होडमा कायम रहने क्रममा कोलकाताले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६९ रन बनाएको थियो । ५१ रनमा चार विकेट गुमाएको अवस्थामा कोलकाताका लागि एन्ड्रयु रसेलले आक्रामक ब्याटिङ गरी चुनौतिपूर्ण रन खडा गरे । २५ बलको सामना गरेका रसेलले ५ छक्कासहित ४९ रन बनाए । कप्तान दिनेश कात्तिकले ३८ बलमा ५२ रनको योगदान गरे ।

१ सय ७० रनको लक्ष्य पछ्याएको राजस्थानले चार विकेटको क्षतिमा १ सय ४४ रन मात्र बनायो । उसका लागि सन्जु स्यामसनले सर्वाधिक ५० रन बनाए । कुलदिप यादव र पियुष चावलाले किफायति बलिङ गरेपछि राजस्थान लक्ष्य पछ्याउन असफल भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);