वर्षा सुरु हुँनै लाग्दा कैलालीका स्थानीयमा बाढीको त्रास | ईमाउण्टेन समाचार

Our Network

पुष २२ २०८१, सोमबार

वर्षा सुरु हुँनै लाग्दा कैलालीका स्थानीयमा बाढीको त्रास

kisan

पाण्डव पुजारा
कैलाली, ९ जेठ । बर्सेनी बाढीबाट हैरानी भएका कैलालीबासीले बाढीको दीर्घकालीन समाधानका लागि बजेट विनियोजन गर्न माग गरेका छन् ।

बाढीबाट बर्सेनी धनजनको क्षति हुने गरेको भन्दै उनीहरुले दीर्घकालीन समाधानका लागि बजेट विनियोजन गर्न माग गरेका हुन् ।

सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेसँगै कैलालीबासीले जनमुखी बजेट ल्याउन माग गरेका हुन् । बर्षातामा बर्सेनी बाढीबाट हैरानी भएका कैलालीबासीले दीर्घकालीन रुपमा बाढीको समस्या समाधानका लागि बजेट विनियोजन गर्न माग गरेका छन् ।

देशमै रोजगारको सृजना गर्न कृषि, पर्यटन, विद्युत, शिक्षा, यातायात, खेलकुदका क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका छन् । स्थानीय तहले पनि विकास र समृद्धिका लागि जनजिविकाका विषयलाई नै प्राथमिकता दिने बताएका छन् ।

सरकारले आगामी १५ गते बजेट ल्याउने तयारी गरेको छ । बजेटमा महत्वाकांक्षी योजना भन्दा पनि जनजिविकाका विषयलाई प्राथमिकता दिन स्थानियले माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);